हेटौंडाको रंगशाला निर्माणको लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टद्वारा ५ लाख रुपैयाँ सहयोग
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ पिप्लेस्थित रहेको निर्माणधिन रंगशाला निर्माणको लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट´का प्रिन्सीपल´ पुरनबहादुर जोशीले ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
खेल क्षेत्रमा यस अघिपनि सहयोग गर्दै आएका जोशीले जिल्लामा एक सुविधासम्पन्न रंगशाला आवश्यक रहेको भन्दै पाँच लाख रुपैँया सहयोग गर्ने घोषणाँ गरेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जनाएको छ।
हेटौँडा उपमहानगरपालिकाको महत्वपूर्ण सहयोग तथा जनस्तरबाट आर्थिक सहितका सहयोगबाट निर्माणधिन रंगशालको हाल प्यारापिट ढलान र फलामे प्यारापिट निर्माण कार्य जारी छ ।
३ हजार ५ सय जना अट्ने आरसिसि प्यारापिट तथा उत्तिकै संख्यामा अट्नेगरि फलामे प्यारापिटको निर्माण कार्य भैरहेको सन्र्दभमा प्रिन्सिपल जोशिले रंगशाला निरिक्षण गरिसकेपछि सहयोगको घोषणा गरेका हुन् ।











































