पुस २७ गते सार्वजनिक विदा दिन थापाको आग्रह
मकवानपुर । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले सरकारलाई पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक विदा दिन आग्रह गरेका छन् ।
सामाजिक संजालमा प्रधानमन्त्री शेर बहादुर देउवालाई मेन्सन गर्दै थापाले राष्ट्रनिर्माताको सम्मानमा पुस २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन आग्रह गरेका हुन् ।
उनले भनेका छन्ः राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो।उहाँको योगदान कुनै संस्था/प्रणालीसँग सम्बन्धित छैन।राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो।राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु @SherBDeuba











































