सौरभ गांगुलीलाई कोरोना संक्रमण, अस्पताल भर्ना
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीलाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण भएपछि सोमबार राति गांगुलीलाई कोलकोतास्थित अस्पताल भर्ना गरिएको छ ।
यस वर्षको जनवरी महिनाको सुरुमा उनलाई हृदयघातका कारण अस्पताल भर्ना गरिएको थियो ।
गांगुली एक वर्षभित्र दोस्रो पटक अस्पताल पुगेका छन् । उनले कोरोना भ्याक्सिनका दुवै डोज लिएका छन् ।











































