बृहत घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन शिलयान्स
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको भूटनदेवी मा.वी. को प्राविधिक शिक्षालय बृहत घरेलु तथा उद्योग उपज प्रदर्शनी भवनको आज एक कार्यक्रमबीच शिलयान्स गरिएको छ ।
भूटनदेवी मा.वी.प्राविधिक शिक्षालय बृहत घरेलु तथा उद्योग उपज प्रदर्शनी भवनको बागमती प्रदेशका पहिलो तथा पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भवन शिलनयास भएको हो ।
करिब ५ कारोड ८२ लाख रुपैयाँको लागतमा ४ तल्ले भवन निर्मान हुने र २ वर्षसम्ममा निर्माण सम्पन्नमा गरिसक्ने उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशका इन्जीनियर अनुपराज दाहालले बताए ।
इन्जीनियर दाहालका अनुसार भुँइतला तथा अन्डर ग्राउन्ड पार्किङ स्थल, माथिल्लो पहिलो तलामा व्यवसायीक ७ वटा सटर रहने, दोस्रो तलामा गोदाम तथा तेस्रो तलामा कृषी उद्योग प्रर्दशनी र चौथो तलामा ८८ जना सहभागि हुनसक्ने सभाहल निर्माण गरिने भएको छ ।
बूटनदेवी मा.वि.व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, विधालय व्यवस्थापन समितिका सदस्य सालिक राम पुडासैनी, गोविन्द दाहाल र इन्जीनियर अमित कुमार साह राजेन्द्र बस्ता कोटि लगायतको सहभागिता रहेको थियो ।











































