हेटौंडाको सडकमा अझै अव्यवस्थित पार्किङ (फोटो फिचर)

रन्धिर साह
२०७८ पुष १५, बिहीबार १७:२०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अझै व्यवस्थित पार्किङ हुन सकेको छैन् । सडकहरुमा अव्यवस्थित पार्किङ भएका कारण आवत-जावतमा समस्या तथा दुर्घटना हुने गरेको सिमाचोक निवासी मिलन तमाङ्गले बताए ।

Open photo
ट्राफिक प्रहरीका अनुसार अहिले साँघुरो सडकका कारण व्यवस्थित पार्किङ छैन । पछिल्लो समय हेटौंडा बजारमा भित्रिएका अटो तथा विद्युतीय रिक्साका कारण चुनौतीको विषय रहेको छ। साना सवारीसाधन अटो तथा विद्युतीय रिक्साले आम सर्वसाधारणको दैनिकीलाई सहज बनाएको तर अव्यवस्थित पार्किङका कारण यात्रुलाई समस्या भएको बताए।
Open photo
प्रहरीले भने मात्रै पार्किङ व्यवस्थापन गर्न नसकिने बताउँदै सर्वसाधारणले पनि विना वर्दीको प्रहरीको भूमिका खेलेमा पार्किङ व्यवस्थापनमा सजिलो हुने छ। सबैले आ आफ्नो जिम्मेवारी बुझेर काम गर्‍यो भने यो समस्याको समाधान छिटो हुने छ।

हेटौंडाको अमर रोड, मानस चोक, संगम चोक, राप्ति रोड र सीमाचोक, बुद्ध चोकमा रहेको म्याजिक स्टेशनलाई अन्तै सार्न सकिएको खण्डमा बजारको सुन्दरता तथा पार्किङको समस्या समाधान तर्फ जान सकिने छ । हेटौँडा प्रदेशको राजधानी भएसंगै सवारी चाप बढेको तर ट्राफिक दरबन्दी नबढ्नुले समस्या सिर्जना भएको उनले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको