नगरसभामा सुशील घिमिरेसहित ८ जना सम्मानित

लोकखबर
२०७८ पुष १५, बिहीबार १९:००

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको १० औं नगरसभामा ८ जनालाई सम्मान गरिएको छ ।

बिहीबार भएको नगर परिषद्को उद्घाटन कार्यक्रममा मकवानपुरका फुटबल खेलाडी अञ्जन विष्ट, सुनिल बल, आयुष घलान र वक्सिङ खेलाडी सुशील घिमिरेलाई २५/२५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

समाजिक अभियानमा लागेर विभिन्न क्षेत्रमा सहयोग गरेको भन्दै हेटौंडाका सुशील घिमिरेलाइ सम्मान गर्दै 

हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठलाई सम्मान गरिँदै ।

यसैगरी मूर्तिकार लक्ष्मण भुजेल, नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र सामाजिक व्यक्तित्व आयना बार्का न्यौपानेलाई सम्मान गरिएको छ ।

अपाङ्ता भएका बालबालिकालाई पढाउने विद्यालय सञ्चालन गर्दै आएकी आयना बार्कालाई सम्मान गरिँदै ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको