मकवानपुरको देउरालीमा सुमो दुर्घटना, ३ घाईते
मकवानपुर । सुमो दुर्घटनामा परि ३ जना घाईते भएका छन् ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ स्थित सिमखोलामा सुमो दुर्घटना हुँदा ३ जना समान्य घाइते भएको छ । घाईते सबैलाई काठमाडौँ अस्पतालमा लैजाने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटा बताए ।
हेटौंडा-भीमफेदी-काठमाडौं जोड्ने छोटो मार्गको भीमफेदी-कुलेखानी खण्ड अन्तर्गत देउराली नजिक करिब २ बजेको समयमा सुमो दुर्घटना भएको प्रहरी प्रवक्ता सापकोटा बताए । पुरा विवरण आउँन केही समय लाग्ने छ ।











































