सिमरटारमा नेपाली कांग्रेसको टोल कमिटी गठन
मकवानपुर । नेपाली कांग्रेस ११ नम्बर वडा स्थित सिमलटारमा चित्रबहादुर मुक्तानको नेतृत्वमा सिमलटार टोल कमिटी गठन भएको छ ।
नेपाली कांग्रेस वडा नम्बर ११ हेटौंडाका उप सभापति दीपेन्द्र उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर सभापती उत्सव इटेनिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा २१ सदस्यीय कमिटी उपाध्यक्षमा भीमबहादुर विडारी, सचिवमा देवी लोप्चन, कोषाध्यक्षमा होमबहादुर थापामगर चयन भएका छन् ।
कमिटी सदस्यहरुमा सुरेश देवकोटा, हरिबहादुर घलान, दमन्ति लुङ्बा, प्रकाश थापामगर, दीपक नेपाली, रामबालक दास, राजेन्द्र घिमिरे, रमा अगस्थी, प्रेमबहादुर तामाङ , ज्ञानबहादुर बल, हेमन्त लामा तितुङ , राजवीर थिङ, लक्ष्मीकुमारी लामा, कृक्ष्णप्रसाद खतिवडा, तिलकबहादुर बल, सुग्रीव स्यांतान र उल्झना वाइवा चयन भएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नानीराम लुईटेल, माधबप्रसाद गौँतम, बुद्धिनाथ न्यौपाने, होमप्रसाद न्यौपाने , सुर्दशन बर्तौला, अर्जुन मिश्र, यज्ञबहादुर आचार्य र सुन्दरलाल श्रेष्ठ लगायतको सहधागीता रहेको थियो ।











































