सिमलटारमा लायन्सको निःशुल्क स्वास्थ्य शिविर

जी.न्यौपाने
लोकखबर
२०७८ पुष १८, आईतवार १८:३८

मकवानपुर । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी बजारको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा रहेको शंकर ज्योती आधारभुत विधालयमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

कार्यक्रममा १ सय ६३ जनोको निःशुलक स्वास्थ्य परिक्षण भएको शिविरमा ८६ महिला, ३७ पुरुष र ४० जना बालबालिकासहितले सेवा लिएको क्लब अफ हेटौंडाका अध्यक्ष शिरिष फुयाँलले बताईन् । स्वास्थ्य जाँच गर्दा २ जना महिलाको पाठेघरमा क्यान्सर देखा परेको र एक बालकमा कुपोषण देखा परेको थियो भने बालकलाई हेटौंडा अस्पतालले निःशुल्क उपचार गर्ने बताइएको छ ।

शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल लगायत स्वास्थ्य संस्थाले प्राविधिक सहयोग पुर्‍याएको थियो भने स्थानीय सिमलटारको रेग्मी फार्मेसी संचालक विकास रेग्मीले करिब १२ हजार बराबरको औँषधी र शिविरमा सहयोग पुर्‍याएका थिए ।

शिविरमा उर्मिला वैद्य, सुधा मैनाली, भोला पाख्रिनलगायत सहयोगीहरुको योगदान रहेको थियो । शिविरमा स्वास्थ्य परिक्षण पश्चात औषधी निःशुल्क वितरण गरिएको अध्यक्ष फुयाँलले जनाइएको छ । शिविरमा डा.सम्झना फुयाँल, स्त्रीरोग विशेषज्ञय डा.विदुर भण्डारी, बालरोग विशेषज्ञय डा.सम्झना फुयाँल, जेनेरल फिजिसीयन डा.सुसमा हुजदारलगायतको चिकित्सक टोलीले स्त्रीरोगा, बालरोग, पाठेघर र डाईबेटिज लगायतक रोगहरुको चेकजाच गरेका थिए।

लायन्स क्लबका अध्यक्ष फुयाँलको सभाध्यक्षतामा भएको शिविरको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी उप मेयर मिनाकुरमारी लामाले गरेकी थिईन् ।

उद्घाटन सत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्टार राजेश प्रसाई, हे.उ.म.न.पा.११ नम्बर वडाका वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली, लायन्स क्लब अफ हेटौंडाका ३२५ बी २ का निवर्तमान डाइरेक्टर जनरल शम्भु नकर्मी , लायन्स नेतृ टासी डोल्मा तुम्बाहाङ्फे, शिव विडारी, रजनी तिवारी, विधालय व्यवस्थापन समिति अध्यक्ष शंकर खुलाल र सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधु थापामगर लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको