राष्ट्रियसभा सदस्यका लागि कांग्रेसका टुंग्यायो ६ उम्मेदवार, बागमतीमा पौडेल
मकवानपुर । नेपाली कांग्रेस राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
जसअनुसार बागमतीमा कृष्णप्रसाद पौडेल, प्रदेश १ मा गोपाल बस्नेत, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।
उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएका थिए । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रियसभा सदस्य बन्न पाएका थिएनन् ।
अहिले फेरि सभापति शेरबहादुर देउवाले उनलाई उम्मेदवारको रूपमा अघि सारेका छन् ।











































