मोटरसाइकल चोरी अभियोगमा २ जना पक्राउ
मकवानपुर । मोटरसाइकल चोरी गर्ने अभियोगमा २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउापालिका वडा नम्बर ४ स्थितबाट सिन्धुली मरिण गाउँपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीय टोपबहादुर वाईवा र सोही स्थानका २० वर्षीय अरुण मोक्तानलाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बागमती गउँपालिका वडा नम्बर २ राईगाँउ निवासी छबिलाल बम्जनका अनुसार आफ्नो घर अगाडी पार्किङ गरी राखेको बा.प्र.०३-००३ प ३१३० नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकल चोरी भएको हो । खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोमबार (आज) मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











































