राष्ट्रिय जनमोर्चाले तुलबहादुर विकलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने

लोकखबर
२०७८ पुष २०, मंगलवार ११:३५

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभाका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

जनमोर्चाले सत्ता गठबन्धनमा परेको आफ्नो कोटाबाट तुलबहादुर विकलाई लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभा उम्मेदवार बनाउने भएको हो ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विकलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिइन् ।

सोमबार बसेको गठबन्धनको बैठकमा एमालेबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको स्थानमा गठबन्धनका दलहरुबीच भागबन्डा भएको थियो ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको