ब्राजिलका राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

लोकखबर
२०७८ पुष २०, मंगलवार ११:४२

रियो दि जेनेरियो । अकस्मात बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ ।

आन्द्रासम्बन्धी समस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो ।

६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि ब्राजिलको सत्तामा छन् ।

आन्द्रामा गम्भीर समस्या देखिएपछि उनलाई ६ महिनाअघि पनि अस्पताल भर्ना गरिएको थियो ।

सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट उनको पेट र आन्द्रामा गम्भीर चोट लागेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको