प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
आज दिउँसो साँढे १ बजे बस्नेगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले बैठक बोलाएका हुन्।
आजको बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल हुने प्रधानन्त्रीको सचिवालयले जनाएको छ।











































