नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ ट्याक्टर प्रहरीको नियन्त्रणमा
मकवानपुर । नदीजन्य पदार्थ उत्खनन् गर्ने ४ वटा ट्याक्टरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
बुधबार (आज) बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा स्थित राप्ती खोलाबाट ट्याक्टर नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले ना ७ त २९७०, ना ६ त ४०४१ र २ वटा अनटेष्ट ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएका ट्याक्टरलाई आवश्यक कारवाहिका लागी जिल्ला समन्वय समितिको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।











































