विधालयको स्थापना दिवसको अवसरमा विधार्थीलाइ निःशुल्क भर्ना

लोकखबर
२०७८ पुष २१, बुधबार १८:१२

मकवानपुर । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीले २९ औँ स्थापनाको अवसर पारि विधार्थीलाइ निःशुल्क भर्ना गर्ने भएको छ ।

विद्यालयले एक कार्यक्रमको आयोजना गरि सो निर्णय गरेको हो । विद्यालयले संस्थापना दिवसको अवसरमा प्ले ग्रुप र नर्सरिका विधार्थीहरुलाई निःशुल्क भर्ना सप्ताहा व्यापी कार्यक्रक गरेको थियो ।

पौष १९ गतेबाट सुरु भएको निःशुल्क भर्ना सम्बन्धी कार्यक्रम पौष २६ गतेसम्म रहने विधालयले जनाएको छ । विधालयका संस्थापक ऋषीराम आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि ईन्द्रप्रसाद नेपालको प्रमुख आतिथ्यता रहेको थियो । विधालयको २९ औँ स्थापना दिवसाको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालले विधालयले विधार्थीहरुलाई राम्रो शिक्षा प्रदान गरेको बताए । उनले केन्द्रको रुपमा रहेका विद्यालयले आगामी दिनमा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गर्दै विधालयले ठुलाठुला विद्धवानहरु उत्पादन गरेको भन्दै खुशी समेत व्यक्त गरेका थिए ।

मुलुकका सबै विद्यालयमा यस्तै व्यवस्थापन हुन सके शिक्षामा फड्को मार्ने नेपालको भनाइ छ । यसैगरि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन) का केन्द्रिय सदस्य मदन दाहालले शिक्षाका क्षेत्रमा निकै महत्वपूर्ण भुमिका निर्वाह गरेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षासंगै ,सिर्जनशील, लगनशील, अनुशासित र स्वावलम्बनको पाटोमा समेत जोड दिएको बताए ।

कार्यक्रमा पयाप्सन् मकवानपुरका अध्यक्ष विनोद सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको