मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

लोकखबर
२०७८ पुष २२, बिहीबार १३:५२

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ३६ वर्षीय मेघलाल चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–६ गुलरामा रा १ क ११३० नम्बरको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

प्रहरीका अनुसार सुरुमा मोटरसाइकलले पैदलयात्री ६२ वर्षीय भवान सिंह भाटलाई ठक्कर दिएको थियो त्यसपछि अनियन्त्रित भएर विपरीत दिशाबाट आइरहेको क्रेनसँग ठोक्किएको थियो । दुर्घटनामा परेर पैदलयात्री भाट घाइते छन् । उनको लालरत्न अस्पताल लम्कीमै उपचार भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको