सालकको खपटासहित २ जना पक्राउ
१ किलो ५ सय ग्राम सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको कोटेश्वरबाट दुई जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भोजपुरका रामप्रसाद राई गाउँपालिका–४ घर भएका रुक्मणबहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ घर भएका भविन्द्रबहादुर मगर छन् ।
२७ वर्षीय भविन्द्रबहादुर मगर काठमाडौंको टोखामा बस्छन् । संरक्षित वन्यजन्तु सालकको खपटा बेचविखन गर्न लागेको सुराकको आधारमा उनीहरुलाई पक्राउ गरेर डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको ब्यूरोका प्रवक्ता ९एसपी० श्यामकुमार महतोले रातोपाटीलाई बताए ।











































