लागुऔषध गाँजासहित २ जना प्रहरीको नियन्त्रणमा
मकवानपुर । लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएका छन् ।
बिहिवार (आज) बिहान ०१:०० बजेको समयमा सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आईरहेको राक्सिराङ गाउँपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय भक्त बहादुर थापा मगर र मनहरी गाउँपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय हिरालाल गुरुङ्गलाई लागुऔषध गाँजा ४५ किलोसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका दुई जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।











































