राक्सिराङ र कैलाशका आठ सय जना चेपाङ र दलित समुदायका व्यक्तिलाई न्यानो कपडा वितरण

लोकखबर
२०७८ पुष २३, शुक्रबार १५:५०

मकवानपुर । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका आठ सय जना चेपाङ र दलित समुदायका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विहीबार मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अतिविपन्न चेपाङ र दलित समुदायका बालबालिका, जेष्ठनागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिलाई विभिन्न दाताबाट प्राप्त भएको एक सय थान न्यानो पछ्यौरा, तीन सय थान ज्याकेट र चार सय थान कम्बल वितरण गरिएको थियो । राक्सिराङ गाउँपाकिला वडा नम्बर २ कुडुलेको प्रजा प्रगति आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा एक सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको थियो ।No description available.त्यस्तै, कैलाश गाउँपालिकाको कार्यालयमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा एक सय ५० बालबालिकालाई ज्याकेट, २ सय जेष्ठ नागरिकलाई कम्बल र ५० जना एकल महिलालाई पछ्यौरा वितरण गरिएको थियो ।

दुई गाउँपालिकाका विपन्न समूदायलाई न्यानो कपडा वितरण गर्दै प्रजिअ पाण्डेले चिसोको जोखिममा रहेका समुदायलाई न्यानोपनका लागि सहयोग गरिएको बताउदैं यस कार्यमा सहयोग गर्ने विभिन्न दाताहरु तथा पुरानो नारायणी यातायात व्यवसायी संघलाई धन्यवाद व्यक्त गरेका थिए । दुबै गाउँपालिकाका अध्यक्षहरुले आफ्नो गाउँपालिकामा प्रजिअ पाण्डेको पहलमा न्यानो कपडा वितरण गरेकोमा खुसीका साथै आभार व्यक्त गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, राक्सिराङ उपाध्यक्ष निर्मला हिमडुङ, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, औषधि व्यवसायी संघको अध्यक्ष नारायण श्रेष्ठ, पुरानो नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्ष बद्रीप्रसाद चौलागाई, कैलाश गाउँपालिकाका कार्यबहाक अध्यक्ष सुकुमाया थिङ, प्, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मकवानपुरका उप अनुसन्धान निर्देशक पप्पु शर्मा, सशस्त्र प्रहरी नायब उपरिक्षक शैलेस श्रेष्ठ, कैलाश गाउँपालिका प्रशासकीय अधिकृत देवराज चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको