जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
एक ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौंको लगनबाट एक जनालाई पक्राउ गरेको छ ।
भारत सीतामणि घर भएका ४५ वर्षीय मोहमद सहिमलाई प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











































