नेपालमा आज थप १४४६ जनामा संक्रमण पुष्टि
मकवानपुर । नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनामा गरिएको परीक्षणमा १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि,सोहि समयमा नेपालमा थप २५५ जनाले संक्रमणलाई जितेका छन् । देशभर पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । नेपालमा हाल ७ हजार ८ सय ५५ जना सक्रियस संक्रमित उपचाररत रहेका छन् ।











































