माघ १५ गतेसम्म देशभरका आधारभूत तथा माध्यमिक विद्यालय बन्द (विज्ञप्तिसहित)
सरकारले माघ १५ गतेसम्म देशभरका आधारभूत तथा माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरनाको संक्रमण बढेको कारणले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै पौष २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका आधारभूत तथा माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
साथै मन्त्रालयले सो अवधिमा तोकिएका केन्द्रमा १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउन समेत अभिभावकलाई अनुरोध गरेको छ ।
यस अघि आइतबार बसेको कोभिड संकट व्यवस्थापन समन्यव केन्द्र ९सीसीएमसीसी० को बैठकले विद्यालय बन्दको सिफारिश गरेको थियो ।











































