जिल्ला कोभिड व्यवस्थापन समितिले गर्यो यस्तो निर्णय (विज्ञप्तीसहित हेर्नुहोस्)
मकवानपुर । देशभर कोरोना संक्रमण बढिरहेको अवस्थामा मकवानपुरमा पनि पछिल्लो दिनहरुमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढेको छ ।
जिल्लामा फेरी कोरोना संक्रमणको जोखिम बढेसंगै जिल्ला प्रशासन कार्यालय मकवनपुरले आज एक विज्ञप्ती जारी गर्दै जिल्लाभित्र कोभिड-१९ संक्रमितको संख्यामा क्रमिक वृद्धि हुँदै गइरहेको परीक्षण प्रतिवेदनबाट देखिएको सन्दर्भमा सबै क्षेत्रहरूलाई जनस्वास्थ्यका मापदण्डहरू पालना गरी उच्च सतर्कता अपनाउन आह्वान गरेका छन् ।
साथै स्थानीय तहहरूले आ-आफ्नो पालिकाका बृहद रूपमा खोप अभियान सञ्चालन गरी नागरिकहरूमा खोप लगाउने व्यवस्था प्रभावकारीरूपमा मिलाउन र परीक्षणको दायरा समेत बढाउने आग्रह गरेको हो।
विज्ञप्तीः












































