सहिद कृष्ण सेन ईच्छुकको स्मृति दिवसमा हेटौँडाका पत्रकारहरुलाई सम्मान तथा पुरस्कार वितरण

लोकखबर
१४ जेष्ठ २०८१, सोमबार १०:०४

मकवानपुर । सहिद कृष्ण सेन ईच्छुकको २२ औं स्मृति दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया तथा सम्मान र पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप विष्टलाई, रुद्र सेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिना र कौशल पाण्डेलाई तथा जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो । साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुवाश बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, ग्रामिण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत जनही नगद पाँच हजार रुपैयाँ पत्रकारहरु रञ्जिता डंगोल, रुपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो ।

प्रेस सेन्टर नेपाल मकवानपुरद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकस मन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहालको विशेष आतिथ्य रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*