जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वृक्षरोपण

लोकखबर
२०८१ जेष्ठ १४, सोमबार १२:०८

मकवानपुर । मकवानपुरको हेटौँडा १० मा अवस्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा वृक्षरोपण गरिएको छ ।

भोलि परेको गणतन्त्र दिवसको अवसर पारेर कार्यालयले कार्यालय परिसरमा विभिन्न जातका बिरुवाहरु रोपेको हो । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले वृक्षरोपण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीका साथै कार्यालयमा कार्यरत अन्य दर्जाका प्रहरीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको