त्रिशूली क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
विदुर– स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनको एक दिन अगाडि अर्थात सोमवार नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली क्याम्पसमा विद्यार्थीहरुले तालावन्दी गरेपछि सो क्याम्पमिा स्ववियु निर्वाचन स्थगित भएको छ । नुवाकोटका अन्य तीन क्याम्पसमा स्ववियु काउन्सिल गठन गरिएकका छन् भने एक क्याम्पसमा मतदान भएको छ ।
निर्वाचन समितिको राजीनामालगायतको माग गर्दै दुई विद्यार्र्थी संगठनले त्रिभुवन त्रिशूली वहुमुखि क्याम्पसको निर्वाचन समितिको कक्षमा तालावन्दी गरेपछि सो क्याम्पसमा निर्वाचन स्थगित भएको हो । यसससंगै सो क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ ।
यसअघि नै नुवाकोटको सवैभन्दा धेरै विद्यार्थी भएको नुवाकोट आदर्श वहुमुखि क्याम्पस वट्टारमासमेत स्ववियु निर्वाचन स्थगित भइसकेको छ । नुवाकोट क्याम्पसमा निर्वाचन समितिको कार्यकक्षमा तोडफोड भएपछि निर्वाचन स्थगित भएको हो ।
त्रिशूली क्याम्पसमा भने संगठनको उपस्थिति विना एकतर्फी वैठक गरिएको, सेटिङमा निर्वाचन गर्न खोजिएको, विद्यार्थी संगठनहरुलाई वाइपास गरिएकोलगायतका कारण देखाउंदै अनेरास्ववियु नुवाकोट र विप्लव नेतृत्वको अखिल समाजवादी नुवाकोटले निर्वाचन समितिको कार्यकक्षमा सोमवार तालावन्दी गरेको थियोे । निर्वाचन समितिले राजीनामा दिएर नयां समिति चयन हुनुपर्ने, विद्यार्थी संगठनहरुसहितको सम्मानजनक वैठक गरिनुपर्नेलगायतका माग राखी ताला लगाइएको अनेरास्ववियु नुवाकोटका अध्यक्ष फैसल दिनले जानकारी दिए ।
उक्त परिस्थितीलाई मध्यनजर गर्दै सो क्याम्पसमा स्ववियु निर्वाचन गर्न नसकिने र यहि चैत्र ११ गतेसम्मका लागि पठनपाठन वन्द गरिएको क्याम्पस प्रमुख रिता पछाई र निर्वाचन प्रमुख भानुभक्त न्यौपानेद्वारा जारी सूचनामा उल्लेख छ । यससंगै एकसय ८० मतदाता रहेको त्रिशूली क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ ।
यसैवीच, नुवाकोटको विभिन्न तनि वटा क्याम्पसमा स्ववियु कायन्सिल गठन गरिएको छ । सर्वसम्मत रुपमा स्ववियु कायन्सिल गठन गरिएको कयाम्पसले जनाएको छ ।
कुमरी, सुर्यगढी र अमरज्योति क्याम्पसमा सर्वसम्मत रुपमा स्ववियु कायन्सिल गठन गरिएको हो । वेलकोटगढी नपामा रहेको कुमरी नमूना क्याम्पस, सुर्यगढी गापास्थित सुर्यगढी सामुदायिक क्याम्पस र तादी गापास्थित अमरज्योति क्याम्पसमा निर्बिरोध रुपमा स्वतन्त्र बिद्यार्थी युनियन काउन्सिल गठन भएको हो ।
बेलकोटगढी नपाको कुमरीमा रहेको कुमरी नमूना क्याम्पसमा बिद्यार्थीहरुको भेलाले सर्वसम्मत रुपमा मन्दिरा न्यौपानेको अध्यक्षतामा स्ववियु कायन्सिल गठन भएको छ । न्यौपाने माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारीमा आबद्ध छिन ।
निर्बिरोध गठन भएको स्ववियु कायन्सिलको सचिवमा सविना आचार्य, कोषाध्यक्षमा अन्जीता न्यौपाने चयन भएका छन् । सदस्यहरुमा मनिषा पुडासैनी, इनु ढुङ्गाना, एलिसा न्यौपाने र बर्षा नेपाली चयन भएका छन् ।
उता, सुर्यगढी गापाको चोकदेमा रहेको सुर्यगढी सामुदायिक क्याम्पसमा अखिल क्रान्तिकारीकै जीवन तामाङको अध्यक्षतामा स्ववियु कायन्सिल सर्वसम्मत चयन भएको छ । उपाध्यक्षमा शर्मिला तामाङ, सचिबमा शुभद्रा तामाङ, सहसचिवमा रञ्जु तामाङ र कोषाध्यक्षमा सरिना तामाङ चयन भएका छन् ।
सदस्यहरुमा जमुना न्यौपाने, सोनिया थापा, मनिषा तामाङ र सरस्वती तामाङ चयन भएका छन् । यस्तै, तादी गापाको खरानीटारमा रहेको अमरज्योती बहुमुखी क्याम्पसको स्वबियु काउन्सिल सर्वसम्मत चयन भएको छ ।
बिद्यार्थीहरुको भेलाले सर्वसम्मत रुपमा अखिल क्रान्तिकारीकी शर्मिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसम्मत रुपमा चयन भएको स्ववियु काउन्सिलको उपसभापतिमा बिपना तामाङ, सचिबमा मोनिका उप्रेती र कोषाध्यक्षमा सन्तोषी तिमल्सीना चयन भएका छन् ।
सदस्यहरुमा कौशिला श्रेष्ठ, मीरा घलान, मौसमी श्रेष्ठ, कल्पना मोक्तान, नीता दाहाल र पार्वती थापा चयन भए । यता, वेलकोटगढी नपा ७ महादेवफांटमा रहेको महानदेव वहुमुखि क्याम्पसमा मंगलवार स्ववियु निवार्नचन सम्पन्न भएको छ ।
सो क्याम्पसमा एकसय १४ मध्ये ८८ मत खसेको निर्वाचन समितिले जनाएको छ । सो क्याम्पसमा विद्यार्थी संगठनहरुले छुट्टाछुट्टै प्यानल उम्मेदवारी दर्ता गरेका थिए ।











































