त्रिशूली अस्पतालमा चिकित्सक आन्दोलित
विदुर–नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा चिकित्सकहरु आन्दोलित भएका छन् । आकस्मिकवाहेकका सवै सेवा वन्द भएको छ ।
विदुर नगरपालिका ९ कोलोनी वाघटारमा रहेको त्रिशूली अस्पतालमा कार्यरत चिकित्सकहरुले नेपाल चिकित्सक संघले उठाएको मागप्रति ऐक्यवद्धता जनाउंदै आन्दोलित भएका हुन् । उनीहरुले आकिस्मक वाहेकका सवै सेवा वन्द गरेका हुन् ।
त्रिशूली अस्पतालमा दैनिक पांचसय जना सेवाग्राहीहरु उपचारका लागि आउने गरेका थिए । त्रिशूली अस्पतालमा कार्यरत १४ जना चिकित्सकसहित ३१ जना स्वास्थ्यकर्मचारीहरुले संघले उठाएको आवासीय चिकित्सकहरूले निर्वाह भत्ता पाउनु पर्नेलगायतका माग राख्दै वहिरंगतर्फको उपचार सेवा वन्द गरेका हुन् ।
उनीहरुले संघको मागप्रति ऐक्यवद्धता रहेको जनाउंदै शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र वुझाएका हुन् । उनीहरुले आवासिय चिकित्सकले लामो समयदेखि निर्वाह भत्ता नपाएको जनाउंदै सरकारले माग पुरा गर्नुपर्ने जनाएका छन् ।
त्रिशूली अस्पताल नुवाकोटमा कार्यरत चिकित्सकहरुले अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । आकस्मिकवाहेकका सेवा वन्द गरिएपछि वहिरंग सेवाका लागि अस्पताल आएका विरामीहरु घर फर्किन वाध्य भएका छन् ।
एकसय शैह्याको त्रिशूली अस्पतालमा आवासिय चिकित्सक नभएपनि उनीहरुले नेपाल चिकित्सक संघ आफ्नो साझा संस्था भएको जनाउंदै मागमा ऐक्यवद्धता जनाएका हुन् । त्रिशूली अस्पतालमा उपचार सेवा नभएपछि विरामीहरु घर फर्किन वाध्य भएको गुनासो गरेका छन् ।
आवासिय चिकित्सकहरुले अगाडि सारेका मागहरु पुरा गर्न सरकारलाई अनुरोध गरिएको त्रिशूली अस्पतालमा कार्यरत कार्यरत डा.सन्देशराज उपाध्यायले जानकारी दिए । त्रिशूली अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु संघको मागमा एकजुट भई मेडिकल कलेजहरूले सरकारले निर्देशित मासिक ४८ हजार सातसय रुपैया दिइनुपर्ने माग गरेका हुन् ।
यसका साथै सरकारले र निजी संघ–संस्थाले आवासिय डाक्टरहरूको जीवनयापन सुनिश्चित गरिनुपर्ने माग गरेका छन् । त्रिशूली अस्पतालमा आकस्मिकवाहेकका उपचार सेवा प्रभावित भएपछि व्यवस्थापन पक्षले सेवा नियमितताका लागि सहजीकरण गरिरहेको छ ।












































