त्रिशूलीमा प्रसुती सेवा प्रभावकारी वन्दै

एकै दिन सात जनाको शल्यक्रिया गरि वच्चा जन्माइयो
लोकखबर
१८ बैशाख २०८२, बिहीबार २०:५५

विदुर–यन्त्रउपकरणको सुविधासंगै नुवाकोटको त्रिशूली अस्पतालमा प्रसुती सेवा प्रभावकारी हुदै गएको छ । चिकित्सक तथा उपकरणहरुको सुलभताका कारण सो अस्पतालमा प्रसुती गर्नेहरु वढिरहेका छन् ।
विदुर नगरपालिका ९ कोलोनी वाघटारमा रहेको त्रिशूली अस्पतालमा प्रसुती सेवा प्रभावकारी भएपछि काठमाडौ जानु पर्ने वाध्यताको अन्त्य भएको अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले जानकारी दिए । अनुभवी चिकित्सक तथा आधुनिक उपकरणसंगै अस्पताललाई निकै सुधार गरिएको कारण विरामीहरुले लाभ लिइरहेको उनले वताए ।
नुवाकोटमा बुधबार मात्रै एकै दिन सातवटा सिजेरियन डेलिभरी गरिएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाई छ । डा. अनीलकुमार खरेल र दीपिका श्रेष्ठको नेतृत्वमा टिमले शल्यक्रियामार्फत सबै डेलिभरी सफल गरेका हुन् ।
एनेस्थेसिया डाक्टर र नर्सहरूको सहयोगमा सुरक्षित रूपमा शल्यक्रिया भएको अस्पतालले जनाएको छ । पछिल्लो समय त्रिशूली अस्पतालमा सिजेरियन डेलिभरी (अपरेशन मार्फत सुत्केरी) गराउनेको संख्या बढिरहेको डा. लामाको भनाई छ ।
त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार हुदै आएको छ । आकस्मिक रुपमा दैनिक एक सय र वहिरंगतर्फ चारसय जनाको उपचार गरिदै आएको अस्पतालले जनाएको छ ।

 

 

 

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *