गाउंको स्वास्थ्य केन्द्रलाई उपकरण 

-अध्यक्षले गरे सामग्री हस्तान्तरण
लोकखबर
२०८२ बैशाख १८, बिहीबार २१:०८

विदुर–नुवाकोटको ग्रामीण भेग तारकेश्वरमा सर्वसाधारणको स्वास्थ्य सुरक्षामा जोड दिदै विभिन्न स्वास्थ्य उपकरणहरु प्रदान गरिएको छ । यसवाट सेवाग्राहीहरुलाई सुविधा पुगेको छ ।

तारकेश्वर गाउंपालिकाको तीन वटा वर्थिङ सेन्टरका लागि विभिन्न १२ प्रकारका स्वास्थ्य उपकरणहरु प्रदान गरिएको हो । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी (अविरल)ले ति सामग्रीहरु हस्तान्तरण गरे । तारकेश्वर गापामा  संचालित तीन वटा वर्थिङ सेन्टरमा जनस्वास्थ्य कार्यालय नुवाकोटमार्फत वर्थिङ्ग सेन्टरमा आमा तथा नवजातशिशुको जीवन रक्षाको लागि आवश्यक पर्ने १२ प्रकारका सामग्रीहरु स्वास्थ्य केन्द्र प्रमुखलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएका स्वास्थ्य उपकरणहरुमा वासिङ मेसिन, डेलिभरी वेड, वेवी वार्मर, डिजिटल तौलने मेसिन, हिटर, प्राथमिक उपचार सामग्रीसहित १२ प्रकारका सामग्रीहरु रहेका छन् ।

कुल १० लाख रुपैया वरावरको ति स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्दै गापा अध्यक्ष शिव अधिकारी अविरलले आम नागरिकको स्वास्थ्य रक्षा गर्न गापा सधै क्रियाशील रहेको वताए । उनले उपकरणहरुको प्रभावकारी रुपमा उपभोग गर्नसमेत सुझाव दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको