विदुरमा विभिन्न श्रष्टा सम्मान तथा पुरस्कृत

११ श्रष्टा सम्मानित तथा पुरस्कृत 
लोकखबर
२०८२ बैशाख १९, शुक्रबार १७:४७

विदुर– नुवाकोटको विदुरलाई साहित्य प्रवद्र्धनको थलो वनाउने उद्धेश्यले साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ । विभिन्न श्रेत्रका श्रष्टालाई सम्मान तथा पुर।स्कृत गरिएको छ ।

कृति लोकार्पण, स्रष्टा सम्मान, साहित्य तथा काव्य अन्र्तक्रिया,  रक्तदान कार्यक्रम गरिएका छन् । कार्यक्रममा साहित्य क्षेत्रका ११ जना श्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले ११ जना साहित्यकारलाई पुरस्कृत तथा सम्मानित गरेका हुन् । सो अवसरमा साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीद्वारा स्थापित ‘नवक्षितिज पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ सुनीता तामाङ (बागेश्वरी मावि चोकदे, नुवाकोट), स्रष्टा हरि पाण्डे (नुवाकोट, हाल बेल्जियम) द्वारा स्थापित ‘स्व भवानी अधिकारी स्मृति पुरस्कार तथा सङ्गम साहित्य सम्मान– २०८२’ मनोज भण्डारी (चितवन)लाई प्रदान गरिएको छ ।
विदुर नपा–७ तुप्चेका स्रष्टा मीन मिलनद्वारा स्थापित ‘श्री धनकुमारी तामाङ रत्न पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ कृष्णप्रसाद पोखरेल (चितवन), शम्भु गजुरेल, नुवाकोटद्वारा स्थापित ‘स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ चन्द्रप्रसाद न्यौपाने (सिन्धुपाल्चोक)लाई प्रदान गरिएको थियो । उत्तरगया–५, रसुवाकी स्रष्टा सरस्वती पौडेलद्वारा स्थापित ‘श्री सरस्वती पौडेल/ऋषिराम पौडेल रत्न पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ मञ्जु खराल (मकवानपुर),  स्रष्टा इन्दिरा चापागाईं, सङ्खुवासभाकाद्वारा स्थापित ‘स्व. पद्मकुमारी चापागाईं स्मृति पुरस्कार एवम् सङ्गम साहित्य सम्मान २०८२’ रिता खत्री (भोजपुर),स्रष्टा कुमार गुरुङ (भक्तपुर, हाल बेल्जियम) द्वारा स्थापित ‘स्व. इमानसिंह गुरुङ स्मृति पुरस्कार एवम् सङ्गम साहित्य सम्मान– २०८२’ प्रथम शीतईश्वर कृष्णबहादुर केसी (नुवाकोट)लाई प्रदान गरिएको हो ।
 साहित्य सङ्गमद्वारा स्थापित ‘उत्कृष्ट कृति वर्ष पुरस्कार एवम् सङ्गम साहित्य सम्मान–२०८२’ अर्धशताब्दी (लघुकथा सङ्ग्रह–२०८१) मनीषकुमार समित (भक्तपुर), सुसन्देश साप्ताहिक पत्रिकाका सम्पादक यदुनाथ गौतम, काभ्रेपलाञ्चोकद्वारा स्थापित’ सुसन्देश पुरस्कार तथा सङ्गम साहित्य सम्मान–२०८२’ विवेक ढकाल (नुवाकोट), साहित्य सङ्गमद्वारा स्थापित ‘सङ्गम साहित्य पुरस्कार तथा सम्मान–२०८२’ रोशन पुन (बागलुङ), सङ्गमद्वारा नै स्थापित ‘सङ्गम साहित्य पुरस्कार तथा सम्मान–२०८२’ अन्जना न्यौपाने (झापा, हाल अमेरिका)लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा . पाँच लाख रुपैयाको सङ्गम साहित्य पुरस्कार कोषको अभियानमा २५ हजार रुपैया सहयोग गर्ने नुवाकोट सेवा समाज, युएईलाई ‘सङ्गम साहित्य सम्मान–२०८२’ र साहित्य सङ्गमको साहित्यिक गतिविधिमा निरन्तर सहयोग गरेका  विदुर नपाका मेयर राजन श्रेष्ठलाई ‘सङ्गम साहित्य सम्मान–२०८२’ प्रदान गरिएको छ ।  नेपाली भाषा, साहित्य र साहित्य सङ्गमलाई माया गर्ने नमराज शिखर (काभ्रेपलाञ्चोक), पूर्ण लामा (नुवाकोट), रजनी थापामगर (नुवाकोट), शिशिर तामाङ (सिन्धुपाल्चोक), गोपालमान श्रेष्ठ (नुवाकोट), रामप्रसाद जोशी (नुवाकोट) र सुजन डोटेल (नुवाकोट)लाई साहित्य सङ्गमको विशिष्ट आजीवन सदस्यता तथा ‘सङ्गम साहित्य सम्मान–२०८२’ प्रदान गरिएको हो ।
कार्यक्रममा साहित्य सङ्गमद्वारा प्रकाशन गरिँदै आएको ‘सङ्गम’ पत्रिकाको छैटौँ अङ्क तथा मुक्तककार छवि ओझाको ‘अनुभूतिको–भ¥याङ’ (मुक्तकसङ्ग्रह–२०८१) लोकार्पण गरिएको आयोजक साहित्य सङ्गम नुवाकोटले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोटको सहआयोजना तथा रक्त सञ्चार केन्द्र कोलनी नुवाकोटको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपालका विभिन्न भूभागबाट आएका साहित्यकारको सहभागिता रहेको थियो । कार्यक्रममा स्वदेश तथा विदेशमा रहने नौ साहित्यकारले संस्थाको आजीवन सदस्यता लिएको साहित्य सङ्गमकी अध्यक्ष सुमित्रा सुमीले जानकारी दिइन् ।
सोही अवसरमा १० भन्दा बढी रक्तदाताले रक्तदान गरेका थिए । कवि रूपा थापाद्वारा रचित ‘सिङ्गो जूनको प्रतीक्षा’ कृति बिक्रीबाट जम्मा भएको रकम उद्यमशील तथा सीप विकास अपाङ्ग सङ्घलाई हस्तान्तरण गरिएको थियो ।
 कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटी, डिभिजन वन कार्यालयकी प्रमुख रोशना पोखरेल, विदुर–१ का वडाध्यक्ष लेनिन रन्जित, नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठ, पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछानलगायतले साहित्यले मानव जीवनलाई सचेत र सकारात्मक उर्जा दिने वताए । साहित्यले मानव सद्भाव वढाउने भएका कारण यसलाई निरन्तरता दिइनु पर्ने माग रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको