वेलकोटगढीमा स्थानीय पाठ्यक्रम तयार

मेयर तथा उपमेयरलाई हस्तान्तरण
लोकखबर
२३ बैशाख २०८२, मंगलवार २०:४०

विदुर–नुवाकोटको वेलकोटगढी नगरपालिकामा स्थानीय पाठ्यक्रम तयार भएको छ । पाठ्यक्रम जनप्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।
सो नपाले तयार गरेको स्थानीय पाठ्यक्रम मुर्तरुप दिएर सम्वन्धित पक्षले स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । तयार गरिएको पाठ्यक्रम लेखन पक्षले बेलकोटगढी नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
नपा कार्यालयमा आयोजित कार्यक्रममा मेयर जगतवहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत, सम्वन्धित शिक्षा शाखाका कर्मचारीलगायत विभिन्न राजनीति दलका प्रतिनिधिको सहभागितामा लेखन पक्षले हस्तान्तरण गरेको हो । गत बर्षदेखि सो नपामा स्थानीय पाठ्यक्रम लागू गरिएको थियो ।
मेयर गुरुङले स्थानीय पाठ्यक्रम गत शैक्षिक सत्रदेखि सुरुवात गरिए पनि लगनशीलता र मेहनत अनुसार तयार गरेर लेखिएको र पाठ्यक्रम सार्वजनिक भएको वताए । यस बर्ष सो पाठ्यक्रम आवस्यक पाठ्यपुस्तकसहित कक्षा कोठामा पु¥याउने कार्य भइरहेको मेयर गुरुङको भनाई छ ।
सवै पक्षको सक्रियता र मेहनतले बेलकोटगढी नपाले स्थानीय पाठ्यक्रम तयार गरेर सार्वजनिक गरेको उपमेयर शिवप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार भुगोल सुहाउंदो र समयानुकुल स्थानीय पाठ्यपुस्तक बनेको वताए ।
स्थानीय पाठ्यक्रममा केही समस्या आएमा त्यसलाई सच्याउन सकिने नपाले जनाएको छ । सहभागी विभिन्न राजनीतिक दलको प्रतिनिधिले पनि वे्लकोटगढीको पाठ्यपुस्तक उचित रुपमा बनेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*