सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सुरु

स्मार्टवोर्डमार्फत अध्ययन अध्यापन
लोकखबर
२०८२ बैशाख २७, शनिबार १३:५२

विदुर–नुवाकोटको सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा सुरु भएको छ । यसवाट अध्ययनमा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
विदुर नगरपालिका २ वट्टारस्थित भीमसेन मावियमा प्रबिधिमैत्री शिक्षण प्रक्रियाको शुभारम्भ गरिएको छ । यसवाट शिक्षक तथा विद्यार्थीहरुले प्रविधिमार्फत अध्ययनअध्यापन गरिरहेका छन् ।
बाग्मती प्रदेश सरकारको सामाजिक विकास कार्यालय गजुरी धादिङद्वारा चालु आब २०८१/०८२ को बिद्यालय ब्यबस्थापन सुधार तथा गुणस्तर अभिबृद्धि कार्यक्रम अन्तर्गत बिनियोजित अनुदानमार्फत सो विद्यालयमा स्मार्ट बोर्ड तथा प्रत्येक कक्षामा बोर्ड कास्टिङ्ग सिस्टमको जडान गरि पठनपाठन सुरु गरिएको प्रधानाध्यापक राधिका घलेले वताइन् । उनका अनुसार प्रविधिप्रति विद्यार्थीहरुको आकर्षणसमेत वढिरहेको छ ।
यससंगै बिद्यालयलाई ब्यबस्थित, प्रबिधिमैत्री र समयको माग अनुसार परिमार्जित गर्दै शैक्षिक गुणस्तर अभिबृद्धिमा सुधारात्मक कार्यको थालनी भएको छ । विद्यार्थीले जीवनमै पहिलो पटक नयां तरिकावाट अध्ययन गर्न पाएका छन् ।
चालु शैक्षिक सत्रको सुरुआत संगै कक्षा ६ देखि १० सम्म उक्त प्रविधिमार्फत पठनपाठन सुरु भएको हो । सो विद्यालयमा कक्षा ६ सम्म अंग्रेजी माध्यमबाट अध्यापन भइरहेको छ ।

 


सर्वाधिक रुचाइएको