देउवाले गरे सत्य घटनामा आधारित पुस्तक विमोचन

‘खनियाबास विद्रोह’ को लोकार्पण
लोकखबर
२०८२ जेष्ठ २१, बुधबार २०:२२

विदुर–सत्य घटनामा आधारित रहेर लेखिएको पुस्तकको विमोचन गरिएको छ । नुवाकोटको वट्टारका लेखक श्रीराम श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित पुस्तक  ‘खनियाबास विद्रोह’ को वुधवार पुर्व प्रधानमन्त्रि तथा कांग्रेस सभापति शेरवहादुर देउवाले लोकार्पण गरे ।
देउवाद्वारा विमोचित उक्त पुस्तक ‘खनियाबास विद्रोह’ लेखक श्रेष्ठको २८ औं पुस्तक हो । पुस्तक विमोचन गर्दै देउवाले समाजलाई सकारात्मक विकासका लागि अध्ययन र साहित्यले महत्वपुर्ण भुमिका खेलेको वताए ।

उनले देशमा परिवर्तन तथा गणतन्त्रका लागि साहित्य तथा लेखनको उच्च भुमिका रहेको वताए । नेपाली लेखक संघ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालिन पश्चिम १ नं. क्षेत्र र हालको नुवाकोट जिल्लामा रहेको खनियाबासमा घटेको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक होे ।
उक्त घटनाको वास्तविकता खोजिरहेकाकहरुलाई यसको अधययनले विशेष जानकारी दिने लेखक श्रेष्ठले वताए । बुधबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

नुवाकोटको विदुर नपा ४ वट्टारवजारका ५१ वर्षिय श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापनिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरू प्रकाशित छन् । उनका लेख तथा कृतिहरु युवा तथा विद्यार्थीमाझ लोकप्रिय भएका छन् ।


सर्वाधिक रुचाइएको