विदुरको वजेट सभा स्थगित

एमालेको विरोध, तीन दिनपछि अर्को सभा घोषणा
लोकखबर
२०८२ असार ९, सोमबार २२:४१

विदुर–नुवाकोटको झण्डै चार दशक पुरानो विदुर नगरपालिकाको वजेट सभा सोमवार स्थगित भएको छ । आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गरिने सभा एकतर्फि रुपमा गर्न लागिएको जनाउंदै सत्तारुढ दल एमालेका जनप्रतिनिधिहरुले वहिस्कार गरेपछि स्थगित भएको हो ।

विदुरको १७औँ नगरसभा वट्टार वजारमा आयोजना गरिएकोमा मेयर राजन श्रेष्ठले सोमवार उक्त पहिलो बैठक गणपूरक संख्या नपुगेको कारण तीन दिनका लागि स्थगित गरिएको घोषणा गरे । एमालेका जनप्रतिनिधिहरुले भने नगरमा सहकार्य, सहमति र सद्भावको कार्य हुन नसेको आरोप लगाउंदै सभा वहिस्कार गरेको वताए ।

विदुरको नगर सभाको बैठक मेयर श्रेष्ठले यहि असार ११ गते विदुरमा वस्ने गरि स्थगित भएको नगरसभाका सभाध्यक्ष तथा मेयर श्रेष्ठले घोषणा गरे । मेयर श्रेष्ठले नगर सभा स्थगित भएको घोषणा गरिरहंदा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले भने विदुर नपा कार्यालयमा पत्रकार सम्मेलन गरेर नगर सभामा सहमति नभई एकतर्फि रुपमा घाटा वजेट ल्याउन खोजिएको कारण सहमति हुन नसकेका कारण वहिस्कार गरिएको जनाए ।
एमालेको बहिष्कारपछि विदुरको नगरसभा स्थगित भएको हो । नगर कार्यपालिका र नगर सभामा वहुमत सदस्य रहेको जनाउंदै एमालेले आफुहरुलाई वाइपास गर्न खाजेका कारण सहमतिका लागि विरोध गरिएको जनाएको छ ।

तीन वर्ष अगाडिको स्थानीय तह सदस्य निर्वाचनमा एमालेबाट निर्वाचित ५ जना वडाध्यक्ष र वहुमत नगरसभा सदस्यहरूले बैठक बहिष्कार गरेपछि सोमवार तय भएर तयारीसमेत गरिएको वजेट नगरसभाका लागि गणपूरक संख्या अपुग भएको विदुर १ का वडाध्यक्ष लेनिन रन्जितले वताए । उनले वजेट सभाका लागि पहिले नै सहमति र सहकार्य हुनु पर्नेमा त्यसो हुन नसकेका कारण आफुहरुले कार्यक्रम वहिस्कार गरेको वताए ।

नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि मेयर राजन श्रेष्ठले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । श्रेष्ठले नगरसभामा तत्काल कायम रहेका सदस्य संख्याको ५० प्रतिशतभन्दा कम संख्यामा सदस्यहरु उपस्थित भएकोले गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित स्थगित गरिएको वताए ।

नगर सभा र कार्यपालिकाका सदस्यहरु सहमतिमा आउनुहुनेछ र अर्को वैठकमा वजेट प्रस्तुत भएर नगर सभा सम्पन्न हुने विस्वास आफुलाई रहेको मेयर राजन श्रेष्ठको भनाई छ । विमति राख्न पाइन्छ, नगरको परिस्थिति, गाम्भीर्यता र अवस्था अनुसार सदस्यहरुले वुझ्नु नै हुनेछ भन्ने आफुलाई आशा लागेको मेयर श्रेष्ठले वताए ।
सभाका लागि सबै विद्यि र प्रक्रिया गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाई छ । सभा स्थगित भएपछि विदुर नपा कार्यालयमा एमाले पक्षधर वडाध्यक्ष, कार्यपालिका तथा नगर सभा सदस्यहरुले मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटीलगायतलाई ध्यानाकर्षण पत्रसमेत वुझाएका छन् ।
विदुर २ का वडाध्यक्ष दीपक कायस्थले कार्यपालिकामा भएको सहमति विपरीत झण्डै १३ करोड बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताए । उनले सहमति विपरित आयोजित सभामा बजेट पेस गर्न खोज्दा विदुर नपालाई दुरगामी असर पर्ने बजेट पेश गर्न लागिएको र विरोध जनाइएको बताए ।

विदुर नपाको ६६ सदस्यीय नगर सभामा मेयर, ५ वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेसबाट, उपमेयरसहित ३ वडाध्यक्ष र तीन वडा सदस्य माओवादीबाट छन् । एमालेवाट ५ वडाध्यक्षसहित ३४ जना नगर सभा सदस्य तथा कार्यपालिका सदस्य रहेका छन् ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार रहे पनि विदुरमा बजेट निर्माण र नीति तथा कार्यक्रममा कांग्रेस र माओवादीवीच सहमति भएको र एमालले नोट अफ डिसेण्ट लेखेर फरकम मत राखेकोे छ । विदुरमा आफुहरुको स्पष्ट बहुमत रहंदासमेत सहमति नगरिएका कारण सभा वहिस्कार गर्नु परेको विदुर ४ का वडाध्यक्ष नीलमवावु ढुंगेलको भनाई छ ।


सर्वाधिक रुचाइएको