चलचित्र छायांकनको गन्तव्य वन्दै नुवाकोट

–भरपुर र आवस्यक दृश्य उपलव्ध
देवचन्द्र भट्ट
२०८२ असार १०, मंगलवार २३:०९

विदुर–मनोरन्जन वजार तताउंदै गएको चलचित्र उद्योग उकालो लाग्दो छ । चलचित्र क्षेत्रलाई आवस्यक नयां र मनोमोहक स्थानको खोजीसमेत हुने गरेको छ ।

सोही स्थानको खोजीमा रहेकाहरुलाई अव काठमाडौ नजिकै रहेको गन्तव्य नुवाकोट हुंदै गइरहेको छ । नुवाकोटमा चलचित्र, टेलिचलचित्र, हास्य टेलि सिरियललगायतको छायांकन हुन थालेका छन् ।

यातायात तथा मोटरवाटोको उपलव्धता, आवस्यकता अनुसारका दृश्य तथा आर्थिक भारसमेत कम पर्ने भएका कारण दृश्यका पारखीहरुको गन्तव्य नुवाकोट हुदै गइरहेको छ । नुवाकोटको विभिन्न स्थानमा प्राकृतिक सम्पदा, पर्यटकिय स्थान, विभिन्न धार्मिक स्थल, नदी नाला तथा झरनाहरुका कारण चलचित्रका पारखीहरु लोभिन थालेका छन् ।

अझै नुवाकोट काठमाडौवाट यातायातको दुरीमा नजिकै छ । माछापोखरीवाट विहान चिया पिएर निस्केको व्यक्ति दुई घण्टा पनि नवित्दै नुवाकोटको विदुरमा खाना खाने समयमा पुगिसकेको हुन्छ ।
नुवाकोटका विभिन्न स्थानमा हालसम्म २० भन्दा वढि चलचित्र, १५ भन्दा वढि टेलिचलचित्र तथा हास्य विद्याका सिरियलहरु छायांकन भएर प्रदर्शनसमेत भइसकेका छन् ।

गोठालो, चुनौती, वडा नं. ६, भिजिलान्ते, कोही त छ, चम्पा चमेली, कान्छी मट्याङट्याङ, सुनपानीलगायतका ठुलो पर्दाले नुवाकोटको दृश्य देखाइसकेका छन् ।
यस वाहेक अरु कतिपय ठुलो पर्दाका चलचित्रले नुवाकोटको दृश्य कैद गरिसकेका छन् । कतिपयले आंशिक, कतिपयले शतप्रतिशत नुवाकोटकै दृश्य खिचेका छन् ।

यहि क्रममा पछिल्लो पटक नेपालका चर्चित कलाकारलाई लिएर एक चलचित्रले नुवाकोटको दृश्य कैद गरेको छ । नेपालको वास्तविक कथा चित्रण गरेको हलीको शिर्षगीत नुवाकोटमा छायांकन गरिएको छ ।

चर्चित कलाकार ओम प्रतिकले निर्देशन गरेको चलचित्र हलीको शिर्षगीत नुवाकोटको सुर्यगढी गाउंपालिका ५ गणेशस्थानको फांटमा छायांकन गरिएको छ । हलीको रोपाई सन्दर्भ रहेको उक्त गीत गणेशस्थानमा तीन दिन लगाएर खिचिएको हो ।

यस गीतमा चर्चित कलाकारहरुको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझी, किरण केसी रातामकै, प्रियंका कार्की, दिपाश्री निरौला, पुजा शर्मालगायतका कलाकारहरुले रोपाई गर्दै उक्त गीतमा अभिनय गरेका छन् ।

‘रैछ्यौ तिमि त रुपैकी धनि, चानस पाए त डानस गर्दिन्थे म नि’ वोलको शिर्षगीतमा चर्चित कलाकारहरुले अभिनय गरेका हुन् । ‘लालुपाते फुलेरलाल भयो, लगन जुराउं भन्दैमा साल गयो’ वोलको उक्त गीतको शब्द– जस्मिन श्रेष्ठ ’ज्यान्भीस’ ले रचना गरेका हुन् ।

यस शीर्ष गीतमा बाबुल गिरीको सङ्गित र एरेन्ज रहेकोमा बाबुल गिरी र शान्तीश्री परियारको आवाजलाई समूह गायनतर्फ आयुस खतिवडा, दिनेश राजबाहक, मनु पुरी र नितु पौडेल रहेका छन् । उक्त गीत दिनेश राजबाहकले रेकर्ड गरेका हुन् ।

सो गीतमा नुवाकोटको गणेशस्थान, चौघडा आसपासका दृश्य समेटिएका छन् । चलचित्रको उक्त गीत छायांकनको क्रममै सहभागी दर्शकहरुले निकै रुचाएको पाइएको छ ।
चलचित्र हली कर्णाली प्रदेशको विभिन्न सेरोफेरोका साथै नुवाकोट, मकवानपुर, दोलखा र सिन्धुपाल्चोकमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रमा नायक प्रमोद दिप, नायिका सुजाता थापालगायत  सरोज खनाल, ओम प्रतिक, बिद्या कार्की, अरुणा कार्की, अर्जुन गुरुङ (भंगेरी डन), कमल गाउंले, नवीन श्रेष्ठ, बिशाल पहारीलगायतले अभिनय गरेका छन् । यस चलचित्रमा कुमार महर्जनको द्वन्द निर्देशन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।


नुवाकोटको गणेशस्थानमा छायांकन गरिएको हलीको शिर्षगति यहि असार १३ गते शुक्रवार सार्वजनिक हुदैछ । आगामी वडादशैं र तिहारको छेकोमा प्रदर्शनमा ल्याउन लागिएको हलीको निर्माण नियन्त्रकमा प्रकाशजंग कार्की, कार्यकारी निर्मातामा अर्जुन भुषाल, निर्मातामा पुजा गुरुङ (गर्र्वी) र जस्मिन श्रेष्ठ (ज्यान्भिस) रहेका छन् ।


सर्वाधिक रुचाइएको