लागू औषध र ओसारपसार नियन्त्रणमा एकजुटको प्रतिवद्धता

–युवा पुुस्तामा सचेतना आवस्यक
लोकखबर
२०८२ असार १२, बिहीबार २२:१७

विदुर–आधुनिकतासंगै समाजमा लागू औषध दुव्र्यसन वढिरहेको नुवाकोटमा आयोजित कार्यक्रममा दावी गरिरहेको छ । यसले युवा पुस्तालाई प्रभाव पारिरहेका कारण समाजलाई नकारात्मक असर पारिरहेका कारण नियन्त्रणका लागि विशेष अभियान आवस्यक रहेको ठहर गरिएको छ ।

लागू औषध नियन्त्रण र ओसारपसार नियन्त्रणका लागि सामूहिक एकता आवस्यक रहेको र यस विरुद्ध एकजुट हुनुपर्ने सहमागीहरुले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा विहीवार लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्र्तक्रिया, प्रभातफेरी कार्यक्रम गरिएको हो ।
’लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२५’ को अवसरमा वट्टारदेखि विदुरसम्म जनचेतनमुलक ¥याली गरिएको छ । ¥यालीमा जनप्रतिनिधि,  सरकारी अधिकारी, सरोकारवालालगायले लागू औषध नियन्त्रण सम्वन्धि जनचेतनामुलक सामग्रीसहित वजार परिक्रमा गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा पुगेर ¥याली अन्र्तक्रियामा परिणत भएको थियो । सो अन्र्तक्रियामा  जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नपाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलगायतले सामूहिक अभियान र सक्रियतावाट लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अभियानमा युवा पुस्तालाई सचेतना आवस्यक रहेको र उनीहरुलाई रोकेर सफलता पाउन सकिने  प्रतिबद्धता जनाए  ।


सर्वाधिक रुचाइएको