विभिन्न दुर्घटनामा तीन घाइते

–सजग भई सवारी चलाउन आग्रह
लोकखबर
२०८२ असार १३, शुक्रबार २०:४०

विदुर–नुवाकोटको विभिन्न स्थानमा भएका सडक दुर्घटनाहरुमा तीन जना घाइते भएका छन् । घाइतेहरुको उपचार जारी रहेको छ ।
व्यस्त वट्टारवजारमा पिकप गाडी र स्कुटर टोक्किदा दुई जना घाइते भएको जिल्लाच प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पासाङल्हामु मार्गको वट्टार–विदुर सडकखण्डको वचिमा रहेको संगमचोकमा भएको उक्त दुर्घटनामा घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए ।

प्र.३–०१–०२२च७२५७ नं. को पिकप गाडीमा बट्टारबाट बिदुरतर्फ जांदै गरेको ना१४ प ९२३७ न.को स्कुटर अनियन्त्रित भई ठोक्किएर दुर्घटना हुदाँ स्कुटर चालक नुवाकोटको बिदुर नपा ११ गेर्खुका २६ वर्षिय रोशन परियार र स्कुटर पछाडी वसेका रसुवा उत्तरगया गापा ४ पैरेवेसीका ३६ वर्षिय केदार पौडेल घाइते भएका हुन् । उनीहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता, नुवाकोटको पुर्वी भेगमा रहेको तादीस्थित तामे जाने बाटोमा भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।
ट्रिपर र मोटर साइकल ठोक्किदा मोटरसाईकल चालक घाइते भएका छन् । उनको उपचार भइरहेको छ । वढ्दो सडक र यातायातका साधनसंगै दुर्घटना वढिरहेका कारण सजग भई नियमको पालना गरि यातायातका साधन चलाउन प्रहरीले आमसर्वसाधारणमा अनुरोध गरेको छ ।


सर्वाधिक रुचाइएको