आमावावु विहीन वालवालिका संरक्षण

–एकमुष्ठ नगद हस्तान्तरण
लोकखबर
२०८२ असार १३, शुक्रबार २०:५०

विदुर–नुवाकोटको विदुरमा आमावावु विहीन वालवालिकाहरु संरक्षण कार्यक्रम सन्चालन गरिएको छ । उनीहरलाई एकमुष्ठ रुपमा नगद प्रदान गरिएको छ ।

विदुर नगरपालिकाले सन्चालन गरेको आमावावु विहीन वालवालिकाहरु संरक्षण कार्यक्रम अन्र्तगत शुक्रवार नपाभित्र वसोवास गर्ने आमावावु नभएका वालवालिकाहरुलाई संरक्षणका लागि नगद हस्तान्तरण गरिएको हो । विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, प्रमुख प्रशासकिय अधिकृत शोभाकर रेगमीलगायतले ति वालवालिकाहरुलाई मासिक दुई हजार रुपैयाका दरले एक वर्षको एकमुष्ठ २४ हजार रुपैया नगद हस्तान्तरण गरे ।

यसवाट आमावावु विहीन वालवालिकाहरुको संरक्षणमा सहयोग पुगेको मेयर राजन श्रेष्ठले वताए । उनले कार्यक्रमलाई निरन्तरता दिइने वताए ।

उपमेयर प्रभा वोगटीले ’आमा बुवा विहीन वालवालिका संरक्षण कार्यक्रम’ अन्र्तगत विदुर नपा भित्र बसोबास गर्ने बाबुआमा नभएका बालबालिकामध्ये हाल पहिचान भएका नौ जना बालबालिकालाई उक्त सहयोग गरिएको र अव पनि पहिचान थपिदै गएमा थप सम्बोधन गरिने वताइन् ।


सर्वाधिक रुचाइएको