नुवाकोटमा खिचिएको हलीको गीत सार्वजनिक

विदुर– नुवाकोटको दृश्य कैद गरिएको नेपाली कथा वोकेको नयां चलचित्र हलीको शीर्ष गति सार्वजनिक गरिएको छ । कार्यक्रमकावीच यस मौलिक गीतको सार्वजनिक गरिएको हो ।
सूर्यगढी गाउँपालिका–५ गणेशस्थान फांमा रोपाई गर्दै छायांकन गरिएको चलचित्र ‘हली’ को शीर्ष अर्थात् प्रमोशनल गीत ‘चान्स पाएँ त’ सार्वजनिक गरिएको हो । नेपाली मौलिक झल्किएको यस गीतलाई धेरैले मन पराउन थालेका छन् ।
नेपालको वास्तविक कथा चित्रण गरेको चलचित्र हलीको शिर्षगीत नुवाकोटमा तीन दिन लगाएर छायांकन गरिएको थियो । यसमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
ओम प्रतिकको लेखन तथा निर्देशन तथा पूजा गुरुङ र जस्मिन श्रेष्ठको लगानीमा तयार भएको ‘हली’को प्रमोसनल गीत शुक्रबार सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।
यसमा बाबुल गिरी र शान्तीश्री परियारको मुल स्वर, जस्मिन श्रेष्ठको शब्द र वावुल गिरीको संगीत रहेको छ । कर्णप्रिय रहेको यस गीतको भिडियोलाई नुवाकोटको गणेशस्थान आसपासका दृश्य कैद गरेर थप आकर्षक बनाइएको छ ।
शुभ चिरायू फिल्मससँग जापुरा फिल्मस् प्रोडक्सनको व्यानरले सहकार्य गरेर निर्माण गरिएको हलीको सार्वजनिक गीतमा कलाकार प्रमोद दीपसँगै किरण केसी रातामकै, दिलिप रायमाझी, दीपाश्री निरौला, प्रियंका कार्की र पूजा शर्मालगायतले आकर्षक नृत्य गरेका छन् । कलाकारको आकर्षक र ओजस्वी नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको छ ।
वास्तविक जीवनका घटनाबाट प्रेरित भनिएको हलीमा नम्रता भण्डारी सह–निर्माताको रुपमा रहेकी छिन् । हलीमा नायक प्रमोद दीप, नायिका सुजाता थापाका साथमा सरोज खनाल, ओम प्रतीक, अरुणा कार्की, अर्जुन गुरुङ भंगेरी डन, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायतको अभिनय छ ।
अर्जुन भुसाल कार्यकारी निर्माता रहेको हलीमा लक्ष्मण बज्राचार्य लाइन प्रोड्युसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, रामप्रसाद चौधरीको सम्पादन छ । गीतलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
यस गीतलाई गणेशस्थानमा वसेर कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । हलीमा राहुल राइको छायांकन रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा निर्मात्री जस्मिन श्रेष्ठले देशमा परिवर्तन ल्याउनका लागि एकजना ‘हली’ नै काफी रहेको कथा यसले पस्कने वताइन् । दर्शकले साथ दिएको खण्डमा निरन्तर रुपमा फिल्ममा काम गर्ने उनको भनाई थियो ।
पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा निर्माण भएको ‘हली’ को सार्वजनिक गीतको भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ । हलीमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द निर्देशन गरेका छन् ।
हली ग्रामीण परिवेशको वास्तविक जीवनका कथाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ । चर्चित कलाकार ओम प्रतिकले निर्देशन गरेको चलचित्र हलीको उक्त शिर्षगीत गत साता नुवाकोटको सुर्यगढी गाउंपालिका ५ गणेशस्थानको फांटमा छायांकन गरिएको हो ।
हलीको रोपाई वेठीसहितको सन्दर्भ रहेको उक्त गीत गणेशस्थानमा तीन दिन लगाएर खिचिएको हो । यस गीतमा चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
अभिनेता दिलीप रायमाझी, किरण केसी रातामकै, प्रियंका कार्की, दिपाश्री निरौला, पुजा शर्मालगायतका कलाकारहरुले रोपाई गर्दै उक्त गीतमा जोडदार अभिनय गरेका छन् । ‘रैछ्यौ तिमि त रुपैकी धनि, चानस पाए त डानस गर्दिन्थे म नि’ वोलको शिर्षगीतमा यि चर्चित कलाकारहरुले अभिनय गरेका हुन् ।
‘लालुपाते फुलेर लाल भयो, लगन जुराउं भन्दैमा साल गयो’ वोलको उक्त गीतको शब्द– जस्मिन श्रेष्ठ ’ज्यान्भीस’ ले रचना गरेका हुन् । यस शीर्ष गीतमा बाबुल गिरी र शान्तीश्री परियारलाई समूह गायनतर्फ आयुस खतिवडा, दिनेश राजबाहक, मनु पुरी र नितु पौडेलको साथ दिएका छन् ।
उक्त गीत दिनेश राजबाहकले रेकर्ड गरेका हुन् । सो गीतमा नुवाकोटको गणेशस्थान, चौघडा आसपासका दृश्य समेटिएका छन् ।
चलचित्रको उक्त गीत छायांकनको क्रममै पनि सहभागी दर्शकहरुले निकै रुचाएका थिए । गीत सार्वजनिक भएपछि झनै धेरैले रुचाउन थालेको निर्देशक ओम प्रतिकको भनाई छ ।
चलचित्र हली कर्णाली प्रदेशको विभिन्न सेरोफेरोका साथै नुवाकोट, मकवानपुर, दोलखा र सिन्धुपाल्चोकमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक प्रमोद दिप, नायिका सुजाता थापालगायत सरोज खनाल, ओम प्रतिक, बिद्या कार्की, अरुणा कार्की, अर्जुन गुरुङ (भंगेरी डन), कमल गाउंले, नवीन श्रेष्ठ, बिशाल पहारीलगायतले अभिनय गरेका छन् ।
यस चलचित्र आगामी वडादशैं र तिहारको छेकोमा प्रदर्शनमा ल्याउन लागिएको हलीको निर्माण नियन्त्रकमा प्रकाशजंग कार्की, कार्यकारी निर्मातामा अर्जुन भुषाल, निर्मातामा पुजा गुरुङ (गर्र्वी) र जस्मिन श्रेष्ठ (ज्यान्भिस) रहेका छन् ।