एसइइमा नुवाकोटमा ५८ प्रतिशत विद्यार्थी उत्तिर्ण

विदुर–माद्यामिक शिक्षाको माथिल्लो खुड्किलोको रुपमा रहेको एसईई परीक्षामा नुवाकोटबाट यस वर्ष झण्डै ५९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । विभिन्न चार विद्यालयका चार जना विद्यार्थीले चार जिपिए नतिजा ल्याएका छन् ।
गत चैतमा सम्पन्न भएकोे परीक्षामा नुवाकोटमा सवैतर्फ गरि तीन हजार ६ सय ७० जना परीक्षाथी सहभागी भएकोमा ५८ दशमलव ८२ प्रतिशत अनुतिर्ण भएको शिक्षा समन्वय इकाई नुवाकोटले जनाएको छ । सवैभन्दा वढि अर्थात चारमा चार नै जिपिए चार जना विद्यार्थीहरुले ल्याएका छन् ।
नुवाकोटमा गत वर्ष भने ४३ प्रतिशत मात्र परिक्षार्थी उत्तिर्ण भएका थिए । यस उक्त तुलनमा यस वर्ष १५ प्रतिशत वढि परिक्षार्थी उत्तिर्ण भएका छन् ।
परीक्षाको नतिजा अनुसार नियमिततर्फ र प्राविधिकतर्फ गरि दुईहजार एकसय ५९ जना विद्यार्थीको नतिजाले पुर्णता पाएको कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले जानकारी दिइन् । उनका अनुसार एक हजार पांचसय ११ जना विद्यार्थीको नतिजाले पुर्णता नपाएको अर्थात् अनुत्तिर्ण भएका छन् ।
नतिजा अनुसार गत वर्षको तुलनामा यो वर्ष जिल्लामा ४ जीपीए ल्याउनेको संख्या बढेको हो । गत वर्ष दुई जना विद्यार्थीले मात्र नुवाकोटमा चार जिपिए ल्याएका थिए ।
यस वर्ष किस्पाङको ज्ञानज्योती माविका वसन्त भट्ट, तादीको युनिभर्षल वोर्डिङ स्कुलका दिप्सोन सुवेदी, वट्टारको अर्किड एकेडेमीका रोहित श्रेष्ठ र विदुरको पृथ्वी माविका योगेश्वर आचार्यले चार जिपिए ल्याएर सर्वोत्कृष्ट भएका छन् । यसका साथै विभिन्न विद्यालयका १५ जना विद्यार्थीहरुले उच्चतम जिपिए ल्याएर उत्तिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।
कार्यालयका अनुसार यस वर्ष नुवाकोटको शिक्षामा सुधार आएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) का लागि १२ स्थानीय तह रहेको नुवाकोटमा २१ परीक्षा केन्द्रमार्फत परिक्षा दिएका थिए ।
एसइइमा नुवाकोटका एकसय ५० विद्यालयका परिक्षार्थीहरु सहभागी थिए । अनुत्तिर्ण भएकाहरुले आगामी साउन २९ गतेदेखि सुरु हुने परिक्षामा पुनः ग्रेड वृद्धि परिक्षा दिन पाउनेछन् ।
उनीहरुको विवरण संकलन गर्ने कार्य भइरहेको कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले जानकारी दिइन् । गत वर्ष २०८० चैतमा भएको अघिल्लो वर्षको परीक्षामा नुवाकोटमा सवैतर्फ गरि तीन हजार आठ सय ४४ जना परीक्षाथी सहभागी भएकोमा ४३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।
सो वर्ष ५७ प्रतिशत अनुतिर्ण भएको शिक्षा समन्वय इकाई नुवाकोटले जनाएको छ । सो वर्षको परीक्षाको नतिजा अनुसार नियमिततर्फ र प्राविधिकतर्फ गरि एकहजार ६ सय ४५ जना विद्यार्थीको नतिजाले पुर्णता पाएको थियो ।
सोही वर्ष दुई हजार एककसय ९९ जना विद्यार्थीको नतिजाले पुर्णता नपाएको अर्थात् अनुत्तिर्ण भएका थिए । समग्र एसइईको नतिजा नुवाकोटमा सन्तोषजनक आएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनीको भनाई छ ।
उनका अनुसार ४ जनाले ४ जिपिए ल्याउन सफल भए भने ३ जनाले ३ दशमलव ९६ ल्याएका छन् । १२ जनाले ३ दशमलव ९५ जिपिए ल्याउन सफल भएका छन् ।
समुदायिक विद्यालयतर्फ किस्पाडमा रहेको जनज्योति मावि फिकुरीबाट एक र विदुरमा रहेको पृथ्वी माविका एक छात्रले ४ जिपिए ल्याउन सफल भएका हुन् । संस्थागततर्फ वट्टारको अर्किड एकेडेमी र तादीको युनिभर्षल वोर्डिङ स्कुलका एक/एक गरि दुई छात्रले चार जिपिए पाएका छन् ।
ग्रेडिडका लागि परीक्षा दिएका विद्यार्थीको तथ्याड्का भने आइनसकेको प्रमुख इटनीको भनाई छ । यसवर्ष देशभरबाट ६१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
जसलाई प्रधानमन्त्री केपी शर्माओलीदेखि शिक्षाविद् वुद्धिजिविहरुले सतोषजनक रुपमा लिएका छन् । यद्यपि, उनीहरुले अझै गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
एसईईको ग्रेडवृद्धि मौका परीक्षा आगामी साउन २९ गतेदेखि हुने भएको छ । प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।
विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् । यसका लागि यहि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।