विपदका सामग्रीहरु प्रहरीलाई

–सामुदायिक सेवा संरक्षणमा जोड
लोकखबर
२०८२ असार १५, आईतवार १९:२१

विदुर–सामुदायिक सेवा संरक्षणमा जोड दिदै नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रहरीलाई विपद नियन्त्रणका सामग्रीहरु प्रदान गरेको छ । विपद्को समयमा जतिसक्दो छिटो राहत उद्धारमा खटिन सहयोग पु¥याउने उद्देष्यले सो गाउंपालिकाको कार्यक्षेत्रभित्र रहेको विभिन्न प्रहरी चौकीलाई विपद् उद्धारका सामाग्री प्रदान गरेको हो ।

किस्पाङ गापाभित्र रहेका विभिन्न ३ वटै प्रहरी चौकीलाई विपद् प्रतिकार्यका लागि कार्यक्रमकावीच विभिन्न प्रकारका विपद् उद्धार सामग्री प्रदान गरिएको हो ।

प्रहरी इन्चार्जहरुलाई गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, विभिन्न वडाका वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत चक्रवहादुर शाहीलगायतले ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् । विपद नियन्त्रणका लागि विभिन्न २५ प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण गर्दै गापा उपाध्यक्ष न्यौपानेले यसवाट मानवीय सेवामा जुट्न तथा सामुदायिक सेवा प्रवाहमा सक्रियता वढ्ने वताए । उनले विपदको समयमा खटिएका प्रहरीलाई तत्कालै अत्यावश्यक रहेका उद्धारका सामग्रीहरुको अभाव रहेको पाइएपछि गापाले ति खरिद गरेर उनीहरुलाई प्रदान गरिएको वताए ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा विपद् व्यवस्थापनको सन्दर्भमा आवश्यक सामग्रीहरू जीवन रक्षक डुंगाका बेल्ट, ज्याकेट, माइक, बाल्टिन, डोरी, आगो निभाउने उपकरणलगायतका सामग्री प्रहरीलाई प्रदान गरिएका हुन् । किस्पा गापामा प्रहरी चौकीहरु फिकुरी, भाल्चे र शान्तिबजारलाई ति सामग्री प्रदान गरिएको छ ।

कार्यक्रममा उपाध्यक्ष न्यौपानेसहित प्रमुख प्रशासकीय अधिकृत शाही, किस्पाङ २ का वडाध्यक्ष बद्रीप्रसाद देवकोटा, ३ का सुरेन्द्रबहादुर तामाङ ४ं का विनोद तमाङ तथा रेडक्रस सोसाईटी काहुले उपशाखाका पदाधिकारी, सदस्यलगायतको सहहभागिता रहेको थियो ।

 

 


सर्वाधिक रुचाइएको