पर्यटकिय गाउंमा होमस्टे कार्यक्रम

–आयआर्जनमा जोड
लोकखबर
२०८२ असार १६, सोमबार २३:०९

विदुर–आयआर्जनमा जोड दिदै नुवाकोटको वेलकोटगढी नगरपालिकाले पर्यटकिय स्थानमा होमस्टे कार्यक्रम सन्चालन गरेको छ । यसवाट स्थानीयवासीको आयआर्जनमा वढोत्तरी हुने लक्ष्य रहेको सो नपाले जनाएको छ ।

बेलकोटगढी नपाको पर्यटकिय स्थल बेलकोटगढीमै होमस्टे सन्चालन तथा व्यवस्थापन कार्यक्रम सन्चालन गरिएको हो । सो कार्यक्रम अन्र्तगत स्थानीयवासीलाई आवस्यक प्रयोगात्मक अभयास प्रदान गरिएको हो ।

बेलकोटगढी १० मा आन्तरिक पर्यटन प्रबद्र्धनको लागि सन्चालित प्रयोगात्मक होमस्टे तालिम तथा अभिमुखिकरण कार्यक्रमको मेयर जगतवहादुर गुरुङले उद्घाटन गरे । उनले यसलाई समय अनुसार परिमार्जित गर्दै पर्यटकिय स्थानमा होमस्टे सन्चालन गरेमा आन्तरिक तथा वाह्य पर्यटक वढ्नुका साथै स्थानीयवासीको आयआर्जनमा वढोत्तरी हुनेसमेत वताए ।
कार्यक्रममा वेलकोटगढीका उपमेयर शिवप्रसाद दाहालले आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धनको साथै स्थानीय उत्पादनको बिक्री गर्ने योजना र पाहुनाको स्वागत सत्कार तथा विभिन्न खानेकुराहरु पकाउने सम्बन्धित प्रयोगात्मक रुपमा होमस्टे कार्यक्रम सन्चालन गरिएको वताए । उक्त कार्यक्रममा स्थानीय नौ जना महिलासहित २० जनाको सहभागिता रहेको छ ।

सहभागीहरुलाई प्रयागात्मक अभ्यासका साथै विभिन्न सफल र चर्चित होमस्टेको स्थलगत अवलोकन गराउनुका साथै होमस्टे दर्ता गरि सन्चालन गर्ने तालिम प्राप्त होमस्टे सन्चालकलाई बेलकोटगढी १० वडा कार्यालयले पर्यटका लागि आवस्यक सामग्रीहरु उपलव्ध गराउने वडाध्यक्ष प्रल्हाद थपलियाले जानकारी दिए । उनका अनुसार पर्यटकिय स्थलमा सन्चालित यस कार्यक्रम प्रभावकारी हुने अपेक्षा रहेको छ ।

 

 

 

 

 


सर्वाधिक रुचाइएको