विदुरमा अनिवार्य र निःशुल्क शिक्षा लागू

–शिक्षाको पहुंच वाहिर रहेका विद्यार्थीलाई शैक्षिक सामग्री
देवचन्द्र भट्ट
२०८२ असार १६, सोमबार २३:३४

विदुर–नुवाकोटको विदुर नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको छ । कार्यक्रमकावीच उक्त पालिकालाई सोमवार अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको नगरपालिका घोषित गरिएको छ ।

विदुर नपामा रहेका सवै विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएसंगै अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको नगरपालिका घोषित गरिएको हो । उक्त कार्यक्रममा शिक्षाको पहुंच वाहिर रहेका वालवालिकाहरुलाई शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ ।

विदुरमा आयोजित विशेष कार्यक्रममा विदुर नपामा रहेका सवै विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको विदुर नपाका मेयर राजन श्रेष्ठले घोषणा गरे । मेयर श्रेष्ठले शिक्षाको पहुंच वाहिर रहेका ५६ जना विद्यार्थीहरुलाई उनीहरु वसेको स्थान नजिक पायक पर्ने विद्यालयमा भर्ना गरिएको वताए ।

विद्यार्थीहरुलाई शिक्षा अपरिहार्य रहेको पनि उनले वताए । मेयर श्रेष्ठले अवको शिक्षा प्रणाली आत्मनिर्भर र स्वरोजगारमुलक हुनुपर्ने वताए ।
वालवालिकाहरुलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क उपलब्ध गराउने संबैधानिक उद्धेश्यको ब्यवहारिक कार्यक्रमको सुरुवात भएको निकै सकारात्मक रहेको उनले बताए ।

विदुर नपाकी उपमेयर प्रभा वोगटीले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षको ऐक्यबद्ध प्रयत्न रहनुपर्नेमा जोड दिइन् ।
उनले विद्यार्थीहरुलाई अव व्यवहारिक शिक्षातर्फ जोड दिनु पर्ने वताइन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेलले विदुर नपा पर्यटन प्रबद्र्धनका लागि ठुलो सम्भावना लिएको स्थान भएकाले अनिवार्य तथा निःशुल्क कार्यक्रमलाई सार्थक बनाउने शिक्षाको पहुंचसमेत जोडिएको वताए ।

उनले शिक्षाको अवधारण अनुसार विदुर नपा क्रियाशील भएको र जनप्रतिनिधिहरुसमेत उत्साहित रहेको धारणा ब्यक्त गरे । कार्यक्रममा शिक्षाको पहुच वाहिर रहेका ५६ जना विद्यार्थीहरुलाई झोलासहित, किताव, कापी, सिसाकलमलगायत जनही पांच हजार रुपैया वरावरका शैक्षिक सामग्रीहरु प्रदान गरिएका छन् ।

यससंगै विद्यार्थीहरु अध्ययनप्रति उत्साहितसमेत भएका छन् । कार्यक्रममा विदुर नपाको शिक्षा शाखाका अधिकारीसहित, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा नगर सदस्यहरुले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसंगै शिक्षामा प्रभावकारिता आउने विस्वास व्यक्त गरे ।
विदुर नपा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको नगरपालिका घोषणाले शिक्षा तथा समृद्धिका लागि महत्वपूर्ण आधार तयार भएको सहभागीहरुले बताए । उनीहरुले यसको दीर्घकालीन कार्यान्वयनमा देखिएका जटिलतालाई हटाउँदै सार्थक कार्यान्वयनमा सदैब प्रयत्नरत रहने बताए ।

कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्षहरुले अनिवार्य तथा निःशुल्क शिक्षाको महत्व, कार्यान्वयनका चुनौती लगायतका बिषयमा आफुहरु पनि सक्रियता वढाउने धारणा राखेका छन् । आगामी सन् २०२५ सम्म बागमती प्रदेशका सबै स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरि प्रदेश घोषणा गर्ने कार्यक्रमलाई प्रदेश गौरबको कार्यक्रमका रुपमा लिँदै बागमती प्रदेश सरकारले कार्यक्रम संचालनका लागि स्थानीय तहहरुलाई सहयोग गर्दे आएको छ ।


सर्वाधिक रुचाइएको