गाउंमा दन्त उपचार शिविर सन्चालन

विदुर–नुवाकोटको लिखुमा सर्वसाधारणको सुविधाका लागि दनत उपचार शिविर सन्चालन गरिएको छ । सात दिनसम्म सन्चालन हुने उक्त शिविर लिखु गाउँपालिका–२ मा सोमवार सन्चालन भएको छ ।
बगरबजार सामुदायिक स्वास्थ्य इकाईको आयोजनामा सन्चालित निःशुल्क दन्त उपचार शिविरको लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठले उद्घाटन गरे । उनले दांतको उपचार सेवा प्रभावकारी रुपमा लिन सर्वसाधारणलाई आग्रह गरे ।
स्थानीय बासिन्दालाई गाउंमै गुणस्तरीय दन्त उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको लिखु २ का वडाध्यक्ष प्रेमवहादुर थापामगरले जानकारी दिए । उनका अनुसार पहिलो दिन ७५ जनाको दन्त परिक्षण, उपचार तथा आवश्यक परामर्श निःशुल्क रूपमा गरिएको छ ।
उक्त दन्त शिविर काठमाडौँस्थित अराउण्ड गुड पिपुल प्रालिकोे प्राविधिक सहयोगमा
बगर बजार सामुदायिक स्वास्थ्य इकाई, र रतनदेउ आधारभुत विद्यालय खानीगाउँमा एक सातासम्म सञ्चालन हुनेछ । यसवाट गाउंका दांतका विरामीहरुले सेवा लिएका छन् ।