किसानलाई आधुनिक उपकरण हस्तान्तरण

–कृषि उत्पादनमा जोड
लोकखबर
२०८२ असार १७, मंगलवार २३:४२

विदुर–कृषि उपज उत्पादनमा जोड दिदै नुवाकोटको विदुर नगरपालिकाका किसानहरुलाई आधुनिक कृषि उपकरण प्रदान गरिएको छ । यसवाट कृषि उत्पादनमा वढोत्तरी हुने अपेक्षा गरिएको छ ।

विदुर नपा कृषि विकास कार्यालय नुवाकोटको साझेदारीमा विदुर ३ सिर्खालीमा ‘समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम’ अन्र्तगत कृषि यान्त्रिकरण सामग्री हस्तान्तरण गरेको हो । किसानहरुले कुल लागतको ८० प्रतिशत अनुदानमा सो उपकरणहरु पाएका हुन् ।

२७ जना किसानहरुलाई पेट्रोलवाट चल्ने हाते ट्रयाक्टर एक/एक थान र १० जनालाई मकै गोड्ने मेशिन एक÷एक थान हस्तान्तरण गरिएको हो । किसानहरुलाई विदुर नपाका मेयर राजन श्रेष्ठले ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

आधुनिक उपकरणवाट किसानहरुले समय र श्रमको वचत गर्नुका साथै उत्पादनमा वढोत्तरी गर्न मेयर श्रेष्ठले सुझाव दिए । किसानहरुलाई उपमेयर प्रभा बोगटी, कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनाल, विदुर ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाललगायतले ‘समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम’ अन्र्तगत किसान प्रवद्र्धन भएको वताए ।

किसानहरुले ८० प्रतिशत अनुदानमा कृषि उपकरण पाएका हुन् । कार्यक्रममा ‘समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम तरकारी खेती समिति’का पदाधिकारीलगायत स्थानीयवासी, किसान तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

 

 

 


सर्वाधिक रुचाइएको