विद्यालयलाई खेल तथा वाद्यवादनका सामग्री

विद्यार्थीहरु उत्साहित
लोकखबर
२०८२ असार १८, बुधबार २३:३१

विदुर–नुवाकोटको तारकेश्वर गाउँपालिका ६ मा रहेको पांच वटा विद्यालयलाई खेल तथा वाद्यवादनका सामग्रीहरु प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु उत्साहित भएका छन् ।

चालु आब २०८१/०८२ मा वडा कार्यालयमा कार्यालय सञ्चालन खर्चभित्र रहेको विनियोजित बजेटवाट विभिन्न प्रकारका खेल तथा वाद्यवादनका सामग्रीहरु हस्तानतरण गरिएको हो ।

 

तारकेश्वर ६ मा रहेका भमरा, बागेश्वरी, बागबच्छला, बागभैरव र भुमेस्थान आधारभूत विद्यालयलाई वाद्यबाजन तथा खेलकुद सामग्रीहरु वडाध्यक्ष नारायणप्रसाद रिमालले हस्तान्तरण गरे र उनले यसवाट विद्यार्थीहरुमा अतिरिक्त क्रियाकलापको विकास हुने वताए ।
हस्तान्तरण गरिएका सामग्रीहरुमा मादल ,क्यारेमबोर्ड, फुटबल, ,भलिबल, झुर्मालगायतका सामग्रीहरु रहेका छन् । वडाध्यक्ष रिमालले विनियोजित बजेट शीर्षक विविध कार्यक्रम अन्तर्गत वडाका पाँचै वटा विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको वताए ।


सर्वाधिक रुचाइएको