रसुवागढीवाट आठहजार वढि विद्युतीय गाडी भित्रिए

–२८ अर्व वढि भन्सार संकलन
लोकखबर
२०८२ असार १९, बिहीबार ००:००

विदुर–नेपाल–चीन छोटो दुरीमा रहेको रसुवागढी नाका हुदै विद्युतीय गाडीहरु नेपाल भित्रिने क्रम वढेको छ । गत वर्षको तुलनामा यस वर्ष तीन हजार वढि विद्युतीय गाडी रसुवागढ िनाका हुदै नेपाल भित्रिएका छन् ।
रसुवागढी नाका हुंदै नेपालतर्फ गत साउनदेखि हालसम्म सातहजार नौसय १५ थान विद्युतीय गाडीहरु नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । त्यसवाट मात्रै ११ अर्व ५० करोड रुपैया भन्सार संकलन भएको छ ।

चीनको केरुङवाट रसुवागढी नाका हुदै ६ हजार दुई सय ६६ थान जिप, कार, भ्यान, चारसय ६९ थान तीन पाङ्ग्रे र एकहजार एकसय ८० थान माइक्रोबस तथा बस, ट्रक विद्युतीय सवारीसाधान आयात भएका छन् । सो संख्या गत वर्षको भन्दा तीन हजार थान धेरै रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए ।
उनका अनुसार रसुवागढीवाट गत वर्ष भने पांचहजार सातसय थान विद्युतीय यातायातका साधन मात्र नेपाल भित्रिएका थिए । विद्युतीय सवारी साधनमा सरदर अधिकतम ३० प्रतिशत भन्सार शुल्क, पांचदेखि १० प्रतिशत अन्तशुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको छ ।

रसुवा भन्सारको कुल ३८ प्रतिशत भन्सार शुल्क विद्युतीय सवारीको योगदान रहने गरेको छ । रसुवागढी भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म कुल २८ अर्ब ७१ करोड रुपैया भन्सार राजस्व संकलन भएको छ ।
चालु आवमा कुल ३० अर्व २० करोड रपैया भन्सार शुल्क संकलन गर्ने लक्ष्य रहेको प्रमुख भन्सार अधिकृत भट्टराइले वताए । चालु आवको अन्तिम अर्थात असार महिनामा ५१ करोड रुपैया भन्सार संकलन हुने अनुमान गरिएको भट्टराइले वताए ।

उनका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ०३ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवमा भने २० अर्व २१ करोड रुपैया भन्सार शुल्कवापत राजस्व सङ्कलन भएको थियो ।
चालु आवमा विद्युतीय सवारीसाधन र अन्यसमेत गरी करिब ८० अर्ब रुपैया बराबरको विभिन्न सामग्री रसुवागढीवाट नेपाल आयात भएको जनाइएको छ । आयातको तुलनमा निर्यात भने कम भएको छ ।

नेपालवाट रसुवागढी नाका हुदै कुल तीन अर्ब रुपियाँ बराबरको सामग्री निर्यात भएको छ । विद्युतीय सवारीसाधनबाट मात्रै ११ अर्ब ५० करोड भन्सार संकलन भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
सवारीसाधन आयातका लागि सङ्घीय सरकारको यातायात व्यवस्था विभाग र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँचपास हुने गरेको बताउँदै प्रमुख भट्टराईले नियम अनुसार राजस्व संकलन भइरहेको वताए । उनले सरकारको सहजीकरणका कारण विदुतीय गाडीका पारखीहरु वढिरहेको वताए ।

 

 

 

 


सर्वाधिक रुचाइएको