पन्चकन्यामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

–सवै वालवालिका शिक्षाको पहुंचमा
देवचन्द्र भट्ट
२०८२ असार १९, बिहीबार ००:१७

विदुर–नुवाकोटको पन्चकन्या गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको छ । कार्यक्रमकावीच उक्त पालिकालाई वुधवार अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको पालिका घोषित गरिएको छ ।

पन्चकन्या गापामा रहेका सवै विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएसंगै अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको पालिका घोषित गरिएको गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशले वताए । गापामा आयोजित विशेष कार्यक्रममा सो गापामा रहेका सवै विद्यालयहरुमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेर पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य हितवहादुर तामाङले उक्त घोषणा गरे ।

वालवालिकाहरुलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क उपलब्ध गराउने संबैधानिक उद्धेश्यको ब्यवहारिक कार्यक्रमको पन्चकन्यामा सुरुवात भएको निकै सकारात्मक रहेको तामाङले बताए । तामाङले अवको शिक्षा प्रणाली आत्मनिर्भर र स्वरोजगारमुलक हुनुपर्ने वताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षको ऐक्यबद्धता प्रयत्न रहनुपर्नेमा उनले जोड दिए । उक्त गापामा सवै वालवालिका शिक्षाको पहुंचमा रहेको जनाइएको छ ।

वांकी रहेकोहरुको पहिचान गरेर वालवालिकाहरुलाई शिक्षाको पहुंचमा ल्याइने योजना रहेको छ । माओवादी केन्द्रका नेतासमेत रहेका तामाङले पन्चकन्या गापा पर्यटन प्रबद्र्धनका लागि ठुलो सम्भावना लिएको स्थाना भएकाले यसलाई सार्थक बनाउने सबै तहका सरकारहरुबीच समन्वयात्मक सहकार्य हुनुपर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणाले पन्चकन्याको समृद्धिका लागि महत्वपूर्ण आधार तयार भएको बताए । उनले यसको दीर्घकालीन कार्यान्वयनमा देखिएका जटिलतालाई हटाउँदै सार्थक कार्यान्वयनमा सदैब प्रयत्नरत रहने बताए ।

सो गापामा ४ वर्षदेखि १३ वर्ष उमेर २५ जना विद्यार्थीहरु शिक्षाको पहुच वाहिर रहेको पहिचान भएको थियो । उनीहरु सवै जनालाई उनीहरु वसेको नजिकको विद्यालयमा भनाए गरिएको गापाले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई तथा बिभिन्न वडाका वडाध्यक्षहरु, माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने अरुण, शिक्षा अभियन्ता मीनकुमार केसी, विभिन्न विद्यालयका प्रअ, शिक्षकलगायतले अनिवार्य तथा निःशुल्क शिक्षाको महत्व, कार्यान्वयनका चुनौती लगायतका बिषयमा आफुहरु पनि सक्रियता वढाउने धारणा राखेका छन् ।

कार्यक्रममा तामाङले पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङसहित सो गापाका ५ वटै वडाका वडाध्यक्षहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको प्रमाणपत्र समेत बितरण गरेका छन् ।

पन्चकन्याका सवै पांचवटै वडाहरुलाई यस अघि नै अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिसकेपछि सिंगो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । यसका साथै कार्यक्रम अन्र्तगत पन्चकन्याको सबै २७ विद्यालयका तीनसय ५० जना विद्यार्थीहरुलाई शिक्षण सामग्रीसमेत हस्तान्तरण गरिएको छ ।

ति विद्यार्थीहरुलाई स्टेशनरी, कापी, कलमलगायतका ३० प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको शिक्षा अधिकृत धर्मराज रिमालले जानकारी दिए । आगामी सन् २०२५ सम्म बागमती प्रदेशका सबै स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरि प्रदेश घोषणा गर्ने कार्यक्रमलाई प्रदेश गौरबको कार्यक्रमका रुपमा लिँदै बागमती प्रदेश सरकारले कार्यक्रम संचालनका लागि स्थानीय तहहरुलाई सहयोग गर्दे आएको छ ।

  


सर्वाधिक रुचाइएको