मध्यपहाडि सडकमार्ग दैनिक ३ घण्टा वन्द
–स्तरोन्नती तथा सुधार जारी
विदुर–स्तरोन्नती तथा सुधारका लागि नुवाकोटमा मध्यपहाडि सडकमार्ग दैनिक तीन घण्टा वन्द गरिएको छ । लिखु गाउँपालिका–१ स्थित गंगटे–ढिकुरे शेरा सडकखण्डमा सुधार तथा स्तरोन्नतीका लागि यहि असार १८ गतेदेखि २२ गते आइतवारसम्म दैनिक ३ घन्टा सडक बन्द भएको छ ।
लिखु गापा १ वडा कार्यालयले मध्यपहाडी लोकमार्ग अन्तर्गतको उक्त सडकखण्डमा कटान तथा चौडाई गर्ने कामको कारण यातायात पूर्णरूपमा बन्द भएकोे सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको हो । वडाध्यक्ष नरहरी पाण्डेका अनुसार असार १८ गतेदेखि २२ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
आम सर्वसाधारण यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरिएको छ । सो सडकमार्ग वहुचर्चित र वहुप्रतिक्षित रहेको छ ।











































